१२ बैशाख २०८१, बुधबार

विघटनसम्बन्धि इजलासमा राजपत्र पेश



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका मुद्धाको सुनुवाई भइरहेको संबैधानिक इजलासमा राष्ट्रपतिले जारी गरेको विघटनसम्बन्धि सूचना राजपत्रमा प्रकाशित भएको प्रमाण पेश गरिएको छ ।

महान्यायाधिवक्ता अग्‍नि खरेलले प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित भएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन्।

बिहीवार अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले राजपत्रबारे प्रश्न उठाएपछि न्यायाधीश अनिल सिन्हाले राजपत्र उपलब्ध गराउन महान्यायाधीवक्ता, नायव महान्यायाधीवक्ता पदम वडाललाई अनुरोध गरेका थिए।

आज इजलासको सुरूवातमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेश गरेका हुन्।

प्रतिनिधिसभा विघटनविरूद्वको मुद्दामा बहस सुरू भएको छ।



प्रतिक्रिया दिनुहोस !