२० बैशाख २०८१, बिहीबार

उमेर बिर्साउने सलमाको एक्सन



माघ,९ काठमाडौ ।सलमा हायक ५४ वर्षकी भइन् । तर, आफूले आफ्नो उमेर बिर्साउने गरी एक्सन गरेको सलमा स्वयंले बताएकी छिन् । उनले इन्स्टामा फिल्म  ‘ दि हिटमेन्स वाइभ्स बडीगार्ड’को तस्बिर राख्दै यस्तो दाबी गरेकी हुन् । 

‘कसैलाई पनि तँ बुढो भइस् भन्ने मौका नदिनुस् । समरका लागि तयार हुनुस् जहाँ ५४ वर्षकी मैले अहिलेसम्म उत्कृष्ट स्टन्ट गरेकी छु,’ उनले इन्स्टा पोस्टमा बिहीबार लेखेकी छिन् । 

सन् २०१७ मा रिलिज भएको दि हिटमेन्स बडीगार्ड’को सिक्वेल यो फिल्ममा सलमा एन्टोनियो बेन्डेरस, रायन रेनोल्डस्, मार्गान फ्रिमेन आदि कलाकारसँग देखिनेछिन् । 
यो फिल्म प िनगत सालको अगस्टमा नै रिलिज गर्ने तयारी थियो । तर, कोरोना महामारीका कारण रिलिज हुन सकेन ।

अब भने यो फिल्म यो सालकै अगस्टमा रिलिज गर्ने तयारी छ । योबाहेक सलमालाई यो साल दर्शकले क्लोइ झाओको निर्देशनमा बनेको ‘इटर्नल्स’मा देख्नेछन् । यो फिल्ममा सलमा हायकसँगै एन्जोलिना जोली पनि देखिनेछिन् । 



प्रतिक्रिया दिनुहोस !