१२ बैशाख २०८१, बुधबार

ओलीले व्यङ्ग्य गर्दै भने, साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा हुने

आमसभा कस्तो हुन्छ २३ गते देखाउँछौं



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले माघ २३ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

आज काठमाडौंको कार्की ब्याङ्क्वेटमा ओली निकट व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते आमसभा गर्ने घोषणा गरेका छन् । सम्बोधनको क्रममा व्यङ्ग्य गर्दै उनले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने पनि बताएका छन् ।

ओलीले आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो बताएका छन् । उनले भने, आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ ।



प्रतिक्रिया दिनुहोस !