२० बैशाख २०८१, बिहीबार

अब टिचिङ हस्पिटलमा मोबाइलबाटै ओपीडी टिकेट लिन सकिने, यस्तो छ तरिका



काठमाडौं । त्रिवि शिक्षण अस्पतालले मोबाइल एपबाटै ओपीडी टिकेट लिन सक्ने व्यवस्था ल्याएको छ । २ महिनासम्म एपको परीक्षण गरेपछि हालै अस्पतालले अनलाइनबाट विभिन्न सेवा लिन सकिने सुविधा ल्याएको हो ।

एपमा डाक्टर र बिरामीका लागि छुट्टा छुट्टै लगईन गर्ने व्यवस्था मिलाइएको छ । यसअन्तर्गत बिरामीले आफूले चाहेको अस्पतालको विभाग र डाक्टरसँग स्वास्थ्य परीक्षण र परामर्शका लागि ओपीडी टिकेट लिन सक्छन् ।

एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । आईओएस प्रयोगकर्ताले एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

टिकेटका लागि अनलाइन टिकेटमा क्लिक गरी विभाग वा रोगको लक्षणमा क्लिक गर्नुपर्ने हुन्छ। आफूलाई देखिएको समस्याहरुमा क्लिक गर्दै गएपछि ओपिडी वा पेइङ सेवा छनौट गर्न सकिन्छ ।

साथ ईसेवा, प्रभु पे, आईएमई पे र खल्ती एपको माध्यमबाट टिकेटको पैसा तिर्न सकिने व्यवस्था गरिएको छ।



प्रतिक्रिया दिनुहोस !