१४ बैशाख २०८१, शुक्रबार

ढुक्क हुनुहोस्, राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा समस्या आउँदैनः अर्थमन्त्री



/fli6«o ;dfrf/ ;ldltnfO{ cGt/jftf{ lbg]qmd lvlrPsf] cy{dGqL lji0f’ kf}8]nsf] t:jL/ . t:jL/ M k|bLk/fh jGt,/f;;

१० माघ, काठमाडौं । नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले नेपालमा अहिले भइरहेको राजनीतिक गतिविधिले आर्थिक सुधारमा समस्या नपार्ने बताएका छन् ।

प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका भर्चुवल कार्यक्रममा उनले नेपालको राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा समस्या नहुने बताएका हुन् ।

उनले भने ‘नेपालको विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा समस्या आउँदैन । ढुक्क हुनुहोस् । राजनीतिक विषयमा दलहरुको छुट्टा छुट्टै धारणा भएता पनि नेपालका समग्र विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको छ,’ ।

उनले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनैतिक प्रणालीको एउटा प्रक्रिया भएको र नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !