१२ बैशाख २०८१, बुधबार

प्रचण्ड-माधव समूहले आइतबारलाई बोलायो स्थायी कमिटी बैठक



१० माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।

आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !