१२ बैशाख २०८१, बुधबार

आज बस्दै दाहाल-नेपाल समूहको स्थायी कमिटिको बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा दाहाल-नेपाल ) समुहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि आज दिउँसो साढे १२ बजेका लागि बैठक डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हिजोको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ ।

आजको बेठकले संसद विघटनबारे अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा छलफल गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !