१४ बैशाख २०८१, शुक्रबार

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



११ माघ, काठमाडौं । गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डभेलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने दिन आइतवार अन्तिम दिन रहेको हो ।

गरिमा विकास बैंकले १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले होटल पोखरा ग्राण्डमा साधारण सभा आयोजना गरेको छ । उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ । सोही कारण माघ ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन तथा साधारण सभामा भाग लिन सक्नेछन् ।

उक्त कम्पनीले १३ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी सेन्ट्रल फाइनान्स कम्पनीले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २३ गते कम्पनीको कुपण्डोल कार्यालयमा साधारण सभा बोलाएको छ ।

सोही साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ १२ गतेदेखि २३ गते बुक क्लोज गर्दैछ । माघ ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

त्यसैगरी एनआरएनस इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनीले ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरेसँगै उक्त लाभांश पाउनको लागि माघ ११ गतेसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीले २ दशमलव ८५ प्रतिशत बोनस शेयर शून्य दशमलव १५ प्रतिशत नगद लाभांश गरेर कुल ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



प्रतिक्रिया दिनुहोस !