२० बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु वैवाहिक जीवनमा बाँधिए



११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् । मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो ।

४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !