१४ बैशाख २०८१, शुक्रबार

मोलुङ्ग हाइड्रोपावरको आइपिओ निष्काशन हुँदै



१२ माघ, काठमाडौं । मोलुङ्ग हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

आइपिओ निष्काशन गर्ने प्रस्ताव सहित मोलुङ्ग हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारणसभा आह्वान गरेको छ । माघ ५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा फागुन ६ गते कम्पनीको रजिष्टार्ड कार्यालय रविभवनमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने लगायत विविध विषयमा छलफल गरी पारित गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !