१४ बैशाख २०८१, शुक्रबार

वरुण–नताशा विवाह बन्धनमा बाँधिए



एजेन्सी । पछिल्लो केही दिनदेखि बलिउड अभिनेता वरुण धवन र उनको स्कुल जीवनदेखिकै प्रेमिका नताशा दलालबीचको विवाहको चर्चा चलिरहेको छ । वरुण–नताशा जोडीले आइतबार विवाह गरेका छन् । उनीहरुले मुम्बई नजिकै रहेको अलीबागको मेन्सन हाउसमा विवाह गरेका हुन् ।

वरुणले आफ्नो विवाहको तस्वीर सामाजिक सन्जालमा राखेका छन् । तस्वीरमा दुवैजनाले मण्डपमा सात फेरा लगाएको देख्न सकिन्छ । उनीहरुको वैवाहिक तस्वीर सामाजिक सन्जालमा भाइरल बनिरहेको छ ।

यो जोडीलाई दीपिका पादुकोण, नेहा धुपिया, मनीष पल, नुसरत भरूचा, अनुष्का शर्मा, अनिल कपूर, आयुष्मान खुराना, रणवीर सिंह, श्रद्धा कपूर, कपिल शर्मालगायतका कलाकारले बधाई दिएका छन् ।

उनीहरुको विवाहमा केही विशेष मान्छेलाई मात्र निमन्त्रणा गरिएको थियो । जसमा निर्माता तथा निर्देशक करण जोहर र फेसन डिजाइनर मनीष मल्होत्रा प्रमुख थिए । विवाहमा उनीहरु दुई बाहेक कोही पनि चर्चित स्टार देखिएनन् । उनीहरुले आयोजना गर्न लागेको रिसेप्सनमा बलिउडका ठूला स्टारको उपस्थिति हुने जनाइएको छ । उनीरुले आगामी फेब्रुअरी २ मा मुम्बईको एक पाँच तार होटलमा रिसेप्सन राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !