२६ बैशाख २०८१, बुधबार

आमिर खानले हिट फिल्म ‘विक्रम भेधा’ को रिमेक नबनाउने



मुम्बई । बलिउडका मिस्टर परफेक्शनिस्ट मानिने आमिर खानले फिल्म बनाउन कुनै हतार गर्दैनन् । उनका फिल्मले बलिउडमा सधै चर्चा कमाउने गर्छन् ।

पछिल्लो समय उनी फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । जुन फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो ।

योसँगै आमिर दक्षिण भारतीय फिल्म उद्योगको हिट फिल्म ‘विक्रम वेधा’ को रिमेक बनाउने योजनाका कारण पनि चर्चामा थिए । तर, पछिल्लो खबरअनुसार यो फिल्म अब भने आमिरले नबनाउने भएका छन् ।

दक्षिण भारतीय फिल्म बनेको लामो समय भएको र अर्कातिर यसको रिमेक बनाउन कोरोना भाइरसले झनै ढिला भएकाले आमिर यो प्रोजेक्टबाट बाहिरिएको बताइएको छ । साथै आमिरले यो फिल्मको स्क्रिप्ट पनि पढे । उनलाई स्क्रिप्ट पनि शानदार लागेन ।

यद्यपि फिल्मका बारेमा कुनै आधिकारिक जानकारी भने दिइएको छैन । आमिरलाई यो फिल्ममा एक्सन गर्दै गरेको देखिने चर्चा थियो ।

फिल्ममा सैफ अली खानले पनि अभिनय गर्ने चर्चा थियो । यो फिल्म नबन्ने खबरले फ्यानलाई भने दुःखी तुल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !