२० बैशाख २०८१, बिहीबार

पेस्तोल सहित २ जना पक्राउ



सुनसरी। सोमबार दिउँसो प्रहरीले पेस्तोल सहित २ जना पक्राउ गरेको छ ।

धरान सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिन सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !