२० बैशाख २०८१, बिहीबार

आईफोन प्रयोगकर्ता एक अर्ब नाघे, एप्पलको यस्तो नयाँ रेकर्ड



काठमाडौ।पहिलो त्रैमासिकको आम्दानीमा एप्पलले रेकर्ड राखेको छ । एप्पलले हालै घोषणा गरेको एक सचूना अनुसार कम्पनीले पहिलो त्रैमासिकमा हालसम्मकै धरै आम्दानी गरेको छ ।

त्यतिमात्रै नभएर कम्पनीका अहिले संसारभर एक अर्ब ६५ करोड एप्पल उपकरणका प्रयोगकर्ता रहेका छन् । जसमा आईफोन, आईप्याड, म्याक, एप्पल टिभी, आईपोड, एप्पल वाच लगायत छन् ।

यी उपकरणमध्ये आईफोन बढी बिक्री भएको छ र यसको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको एप्पलका सीईओ टिम कुकको भनाइ छ । यसअघि सन् २०२० मा आईफोन प्रयोगकर्ताको संख्या ९० करोड थियो ।

कम्पनीले भर्खरैमात्र सार्वजनिक गरेको नयाँ आईफोन ट्वेल्भले यो उचाई छुन मद्दत गरेको हो । आईफोन ट्वेल्भको बिक्री बढेसँगै सने २०२१ को पहिलो त्रैमासिकसम्म आईफोन चलाउनेको संख्या अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको छ ।

जसले गर्दा कम्पनीले एक अर्बको आँकडा छुन सफल भएको हो । सीईओ कुकका अनुसार सन् २०२१ मा चीनमा बढी बिक्री भएका शीर्ष तीन स्मार्टफोनमध्ये आईफोन दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !