२० बैशाख २०८१, बिहीबार

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ



कैलाली । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका–७ लुहागडका गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गणेशले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ



प्रतिक्रिया दिनुहोस !