२० बैशाख २०८१, बिहीबार

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ



काठमाडौं । छुटा छुटै स्थानमा जबरजस्ती करणी गरेको अभियोगमा मा दुई जना पक्राउ परेका छन् ।

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी बस्ने मकवानपुर घर भएका ३३ वर्षीय बिमल बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बिमलले ती महिलालाई जबरजस्ती करणी गरेपछि पुगेको महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, उदयपुरमा ४३ वर्षीया महिलालाई जबरजस्ती करणी अभियोगमा त्रियुगा नगरपालिका–७ बस्ने ३२ वर्षीय दिपक मिरिङचिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

दिपकले ती महिलालाई मंसिर १३ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !