१२ बैशाख २०८१, बुधबार

कांग्रेसका १३ वटै भ्रातृ संस्थाले आज देशव्यापी प्रदर्शन गर्दै



१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले आज देशभर प्रदर्शन गर्दैछन् । प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा कांग्रेसका भ्रातृ संगठनले प्रदर्शन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन आग्रह गरेका छन्।

शर्माले लेखेका छन्, ‘त्यो `माघ १९´/यो `माघ १९´। त्यो कालो प्रतिगमन भएको दिन,यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनि ढंग उही । अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहीँ ।
आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौँ ।
जय नेपाल !’

प्रतिनिधिसभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन्। भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ।



प्रतिक्रिया दिनुहोस !