१४ बैशाख २०८१, शुक्रबार

नेकपा विभाजित भएको छैन : नेता नेपाल



माघ,१९ काठमाडौ। नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले नेकपा बिभाजित नभएको दाबी गरेका छन् ।  काठमाडौंमा सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले केन्द्रीय कमिटि र स्थायी कमिटीमा आफुहरुको बहुमत रहेकोले अर्को पक्ष चोटिएर गएको बताएका हुन् । 
 नेकपा आफूहरुको भएको भन्दै कसैले आँखा लगाउन र औलो ठड्याउन नपाउने उनको भनाइ छ ।  

नेपालले विधानको व्यवस्था बमोजिम नै पार्टीको बैठक बसेकाले निर्वाचन आयोगले आफुहरुलाई नै आधिकारीता दिनुपर्ने बताए ।  अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको अवस्थामा नेकपाको चिन्हमा अरु कसैले दाबी गर्न नमिल्ने उनले बताए ।  

नेपालले सरकार र पार्टीमा ओलीको एकाधिकार मानसिकता देखिएका कारण आफुहरुले कारबाही गरेको तर्क गरे ओलीले सहमति कार्यान्वयन नगरेको, गुटवादी सोच हाबी भएको, बैठक बोलाउन नमानेको र संघीयताविरोधी सोच राखेकै कारण अहिलेको अवस्था आएको नेपालले बताए ।  नेपालले संविधान मिचेर संसद बिघटन गरिएकाले नै नेकपामात्र नभई आम सर्वसाधारणहरु पनि आन्दोलीत हुन पुगेको उनको भनाइ छ ।  



प्रतिक्रिया दिनुहोस !