१२ बैशाख २०८१, बुधबार

काँग्रेस (वी पी) को विवेकशील साझासँग एकीकरणको छलफल गर्न वार्ता समिति गठन



१९ माघ काठमाडौ । नेपाली काँग्रेस (वी पी) ले विवेकशील साझासँग एकीकरणको छलफल गर्न वार्ता समिति गठन गरेको छ ।

नेपाली काँग्रेस (वी पी) र विवेकशील साझा बीच पटकपटक भएको अनौपचारिक वार्ता पछि एकीकरणको छलफल गर्न नेपाली काँग्रेस (वी पी) को आज (सोमबार) बसेको पदाधिकारी बैठकले महामन्त्री पुष्पराज पराजुलीको संयोजकमा केन्द्रिय सदस्यहरु लक्ष्मीप्रसाद बास्कोटा, जगन्नाथ घिमिरे (JN) र श्याम बहादुर गुरुङ सदस्य रहेको ४ सदस्यीय वार्ता समिति गठन गरेको कार्यलय सचिव सुशीलराज वाग्लेले जानकारी दिए ।

विवेकशील साझाले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकताका लागि केन्द्रीय सदस्य केशव दाहालको संयोजकत्वका रमेश पौड्याल, समीक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको संवाद समिति यस अघि नै गठन गरेको छ। एकताको कुराकानी अघि बढाउँने भनेपछि यी दुईबीच संविधानको विषयमा भने मतान्तर छ।

विवेकशील साझाले अहिलेको संविधानमै टेकेर अघि जानुपर्ने मत राख्दै आएको छ। नेपाली काँग्रेस (वी पी) ले सम्सोधन सहित २०४७ सालको संविधान पुनःस्थापन भन्दै आएको छ । २०७६ साल फागुनमा लुम्बिनीमा भएको तत्कालिन साझा पार्टीको लुम्बिनी राष्ट्रिय भेलाले धर्म निरपेक्षता र संघीयताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णय लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !