१४ बैशाख २०८१, शुक्रबार

२१ गतेदेखि सिनेमा हलमा ‘गोर्खे



माघ,२० काठमाडौ।नयाँ नेपाली फिल्म ‘गोर्खे’ यही फागुन २१ गतेदेखि सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।

कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो ।

रविन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, वाल्दिप राई लगायतको अभिनय रहेको फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन् । फिल्म जिजिए ग्रूप र एफडिले मिलेर बितरण गर्न लागेको बितरक करण श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !