१२ बैशाख २०८१, बुधबार

अनेरास्ववियुका चार नेता पक्राउ



२० माघ, काठमाडौं । मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबारबाट पुल्चोकस्थित मन्त्री क्वार्टर फर्किएका मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियुका चार नेतालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निरोज श्रेष्ठ, सञ्जय काल्दन, आरती लामा र मनीषा कार्की रहेको अनेरास्ववियूले जनाएको छ ।

पुल्चोकमा कालो झन्डा देखाउने क्रममा पक्राउ परेका उनीहरुलाई जावलाखेल वृत्तमा राखिएको छ ।

मन्त्रीको गाडी देख्दा साथ उनीहरुले कालो झण्डा देखाएका थिए । पूर्वघोषित कार्यक्रम अनुसार मन्त्रीहरुलाई कालोझण्डा देखाएर विरोध गरिएको अनेरास्ववियूले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !