१३ बैशाख २०८१, बिहीबार

बेलायती राजदूत र उपप्रधानमन्त्री पोखरेलबीच शिष्टाचार भेटवार्ता



काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट र उपप्रधानमन्त्री ईश्वर पोखरल बिच शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटर्वाता भएको थियो । भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरण गरे । उनले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोरोना भाइरस को उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

भेटघाटमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरु गरेको कोरोना विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले आउँदो २०२१ को नोभेम्बरमा संयुक्त अधिराज्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२४) मा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !