११ बैशाख २०८१, मंगलवार

चिनियाँ नाकाबाट आयातमा समस्या भएपछि कपडाको मूल्य बढ्यो



काठमाडौं । चिनियाँ नाकाबाट सामान आयातमा समस्या आएपछि नेपालमा कपडाको मूल्य वृद्धि भएको छ ।

वैकल्पिक मार्गको पहिचान गर्दा भाडादर बढी हुने भएकाले मूल्य बढेको व्यवसायीले बताएका छन् । रसुवागढी नाकाबाट सामान आयात गर्न नसकेपछि व्यवसायीले समुन्द्री मार्गको प्रयोग गरेका छन् । जसले भाडा बढी खर्च हुने उनीहरुले बताएका छन् ।

समुन्द्री मार्गबाट सामान आयात गर्दा ३ गुणाबढी भाडा वृद्धि भएको र सामानको मूल्य २० प्रतिशत वृद्धि भएको उनीहरुले बताएका छन् ।

जाडो मौसमका लागि चीनबाट आयात हुने ज्याकेट, पन्जा, टोपी, ट्राउजर, जुत्तालगायत कपडाको मूल्य बढेको हो ।



प्रतिक्रिया दिनुहोस !