१४ बैशाख २०८१, शुक्रबार

एलिना चौहानले ‘के माया लाग्छ र’ गीतबाट हात पारिन बर्षकै सर्वोत्कृष्ट नव गायिका अवार्ड



काठमाडौं। ब्राण्डरुट इन्टरटेन्मेन्टले काठमाडौंमा आयोजना गरेको एउटा सांगीतिक समारोहमा वर्षका उत्कृष्ट गीतका स्रष्टाहरुलाई ‘नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०७७’द्वारा सम्मानित गरेको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा एलिना चौहानले ‘के माया लाग्छ र’ गीतबाट बर्षकै सर्वोत्कृष्ट सुगम संगीत विधातर्फको नव गायिका अवार्ड जित्न सफल भएकि छिन , जुन अवार्ड एलिनाको पहिलो अवार्ड पनि रहेको छ |FB_IMG_16121621777894075.jpg

केहि समय अघि आर्टमाण्डु अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गितमा निशान भट्टराई र एलिना चौहानको सुमधुर आवाज सजिएको थियो , भने गितले छोटो समयमै टिकटक देखि युटुव सम्म निकै लोकप्रियता कमाएको थियो |

कार्यक्रममा गायक प्रमोद खरेलले ‘उसलाई पाउन’ गीतका लागि वर्षको सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड जितेका छन् भने गायिका प्रविशा अधिकारीले ‘भूपु माया’ गीतका लागि वर्षको सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छिन् ।

समारोहमा गायक रामकृष्ण ढकाललाई समारोहमा गायक रामकृष्ण ढकाललाई चलचित्र ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ गीतका लागि सर्वोत्कृष्ट पाश्र्व गायकको रुपमा अवार्ड प्रदान गरिएको छ भने गायिका मेलिना राईलाई पनि त्यही गीतबाट सर्वोत्कृष्ट पाश्र्व गायिकको रुपमा पुरस्कृत गरिएको छ ।

समारोहमा संगीतकार अर्जुन पोखरेललाई चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ का लागि सर्वोत्कृष्ट संगीतकारको रुपमा अवार्ड प्रदान गरिएको छ । गीतकार बी पाण्डेले चलचित्र सेल्फि किङको ‘जाली माया’ गीतका लागि सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेका छन् ।

सर्वोत्कृष्ट सुगम संगीत संगीतकारको अवार्ड भने सन्तोष केसीले जितेका छन् । केसीले मन पराउनु…गीतबाट उक्त अवार्ड जितेका हुन् ।

कस्तुप पन्तले ‘छिया छिया’ गीतबाट सर्वोत्कृष्ट सुगम संगीत गीतकारको अवार्ड जितेका छन् ।

समारोहमा अभिनेता पल शाहले फुलबुट्टे सारीबाट सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड जित्न सफल भए।

चक्र बमले ओई काजल गीतबाट सर्वोत्कृष्ट पपुलार गीतको गायकको अवार्ड जिते ।

समिक्षा अधिकारीले सर्वोत्कृष्ट इन्करेज्मेन्ट अवार्ड नव गायिकाको अवार्ड जितिन् ।

प्रकाश सपूतले गलबन्दी…गीतबाट सर्वोत्कृष्ट मल्टि ट्यालेन्ट कलाकारको अवार्ड जित्न सफल भए ।

गायक बिक्रम चौहानले ओए काजलबाट जुरी अवार्ड पाए ।

स्रमाट चौलागाईंले आमा…गीतबाट सुगम संगीततर्फको सर्वोत्कृष्ट नवगायकको अवार्ड जितेका छन् भने एलिना चौहानले के माया लाग्छ र…गीतबाट सर्वोत्कृष्ट सुगम संगीत नव गायिकाको अवार्ड जितेकी छिन् ।

गौतम डंगोल सन्देशले कहाँ थिए…गीतबाट सर्वोत्कृष्ट सुगम संगीत नव गीतकारको अवार्ड जिते भने सन्तोष सुनारले धोका भो…गीतका सुगम संगीत नव संगीतकारको अवार्ड जिते ।

सनम कठायत तथा शिल्पा पोखरेलले भूपू माया–२ गीतबाट सर्वोत्कृष्ट सुगम संगीत मोडलको उपाधि जित्न सफल भए ।

काजिश श्रेष्ठले नैना रशेमबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड जिते ।

एक पल्ट भनन गीतबाट विशाल निरौलाले सर्वोत्कृष्ट यूगल गायकको अवार्ड जित्न सफल भए ।

रामजी खाँडले पानको पत्ता गीतबाट तथा पूर्णकला बिसीले पिरती नलाम माया गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी गायक–गायिकाको अवार्ड जित्न सफल भए ।

खेम सेञ्चुरीले झ्यालमा पर्दा छ गीतबाट सर्वोत्कृष्ट लोक दोहोरीका भाकाको अवार्ड जिते भने करण न्यौपानेले वनपालेको लौरी गीतबाट सर्वोत्कृष्ट लोकदोहारी शब्दको अवार्ड जिते ।

पुरुषोत्तम पौडेल (ओए कान्छु) तथा सुमन थापा (झ्यालमा पर्दा छ) बाट सर्वोत्कृष्ट लोक दोहारी नव गायक–गायिकाको अवार्ड जिते ।

शिव पौडेलले रुने भयो काम..बाट सर्वोत्कृष्ट लोक दोहारी नव शब्दतर्फको अवार्ड जिते भने ए झरी गीतबाट रोश सिंहले लोक दाहोरी नव भाकाको अवार्ड जिते ।

चल्यो बतासबाट राजकुमार मगरले म्युजिक भिडियो सम्पादनको अवार्ड जिते भने मेरी छोरी गीतबाट अजय रेग्मीले भिडियो सिनेमाटोग्राफीको अवार्ड जिते ।

समारोहमा बिमल अधिकारी (पिपल छेउमा बर) तथा सारिका केसी (किन अन्धो भइन म) बाट लोक दोहोरी मोडल अभियनतर्फको अवार्ड जिते भने दुर्गेश थापा (माया हासेको) तथा करिष्मा ढकाल (वनकी चरी) बाट लोक दोहारी मोडल नृत्यतर्फको अवार्ड जित्न सफल भए ।



प्रतिक्रिया दिनुहोस !