१४ बैशाख २०८१, शुक्रबार

बिहे गर्ने तयारीमा गायिका आस्था राउत



काठमाडौ । अहिले कलाकारहरुको धमाधम विवाह हुँदैछ । नायीका स्वेता खड्काले हालै विवाह गरिन् । अब गायिका अञ्जु पन्त विवाहको तयारीमा छन् । उनको विवाहको लुगा पनि तयार हुँदै भन्ने समाचार सार्वजनिक भएका छन् । यता अर्की गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन्।

गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन्।  ‘सालको पात टपरी’ को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्। 

उनले भनिन्’ करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोच आइरहेको छ।’

स्टेज प्रोगाममा निकै व्यस्त रहने उनी इमान्दार जीवनसाथीको खोजी रहेको बताउँछिन्।

‘जीवनसाथी इमान्दार तो, जिन्दगी सानदार’ भन्दै भनिन्  ‘म र मेरो म्युजिक क्षेत्रलाई बुझ्ने इमान्दार र विश्वाससिलो मान्छेसँग बिहे गर्ने सोच बनाइरहेकी छु।’



प्रतिक्रिया दिनुहोस !