११ बैशाख २०८१, मंगलवार

घट्यो सुनको मूल्य



काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ ।

छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भएकोमा आज ९४ हजार रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन मंगलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा आज भने प्रतितोला ९३ हजार ५०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला ५० रूपैयाँ घटेको छ । प्रतितोला एक हजार ३१५ मा मंगलबार कारोवार भएको चाँदी आज एक हजार २६५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !