१२ बैशाख २०८१, बुधबार

सुर्खेतमा दाहाल-नेपाल र ओली समूहका कार्यकर्ता सडकमा



काठमाडौ।नेकपाको दाहाल-नेपाल समूहले बुधबार आह्वान गरेको नेपाल बन्दमा सुर्खेतस्थित विद्यार्थी संगठनका युवाहरु उग्र बनेका छन् । दाहाल-नेपाल समूहका कार्यकर्ताहरु बन्द गराउनुपर्छ भन्दै सडकमा निस्किएका छन् भने ओली समूहका कार्यकर्ताहरु बन्दको प्रतिकारमा उत्रिएका छन् । ओली समूहका विद्यार्थीहरुले बन्द गराउन पाइदैन भन्दै प्रदर्शनसमेत गरेका छन् । 

बन्दको अवज्ञा गरेर हिडेको भन्दै मोटरसाइकलमा सवार एक युवालाई कुटपिट गरेका छन् । आन्दोलनमा सहभागीले आज बिहान १० बजे मोटरसाइकल चलाइरहेका दैलेख भैरवी गाउँपालिकाका जोरासिंह विष्टलाई कुटपिट गरेका छन् । 



प्रतिक्रिया दिनुहोस !