२० बैशाख २०८१, बिहीबार

पत्रकारलाई राहत प्याकेज ल्याउने सञ्‍चारमन्त्रीको घोषणा



काठमाडौ। सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।  सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आइतबार काठमाडौँमा आयोजित ‘आम सञ्‍चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रहसमेत गरेका हुन् ।  

कोभिड प्रभावित सञ्‍चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि प्राप्त भएको सुझावका आधारमा सरकारले राहत कार्यक्रम ल्याउने उनले बताए ।  सोही अबसरमा गुरुङले संसद नभएका अवस्थामा जरुरी बिधेयक भए अध्यादेशबाट भएपनि कानून ल्याउने जानकारी दिए । मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन पनि आग्रह गरे । गुरुङले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे ।   



प्रतिक्रिया दिनुहोस !