१८ बैशाख २०८१, मंगलवार

रेखा जोशीले हात पारिन बर्षकै उत्कृष्ट मौलिक लोक गायिका अवार्ड



काठमाडौ।लोकप्रिय देउडा गायिका रेखा जोशीले उत्कृष्ट मौलिक गायिकाको अवार्ड पाएकी छन् ।

नुवाकोटमा सम्पन्न दोस्रो नाटेश्वर म्युजिक अवार्डमा गायिका जोशीले ‘लै लै’ देउडा गीतबाट उत्कृष्ट मौलिक गायिकाको अवार्ड पाएकी हुन् ।

गायिका जोशीले नाटेश्वर म्यूजिक अवार्ड आयोजक टीमलाई धन्यवाद दिएकी छन् । पहिलो अवार्ड पाउदा रेखा निकै खुसी देखिएकी छन ।

उनले फेसबुकमा लेखेकी छिन :

‘नुवाकोटमा ‘लै लै’ देउडा गितबाट उत्कृष्ट मौलिक गित गायिकाको अवार्ड पाउन सफल भएकि छु । हजुरहरुको साथ सपोर्टले थप उर्जा मिलेको छ । विशेष गरेर यो गितका गायक टंक तिमिल्सिना, सर्जक हर्क साउँद, मोडेल अभिषेक खड्का र सोनिका रोकाया लाई सम्झिदै गितको अडियो भिडियो सम्पुर्ण टिम लाई धन्यवाद । 



प्रतिक्रिया दिनुहोस !