१२ बैशाख २०८१, बुधबार

पश्चिमी वायुको प्रभावले आज मुलुकभर आंशिक बदली



काठमाडौं । आज पनि पश्चिमी वायुको प्रभावले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका जनाएको छ ।

जमहाशाखाका अनुसार तापक्रम घट्ने तथा तराईमा हुस्सु लाग्ने क्रम जारी छ ।

अहिले गण्डकी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ ।

आगामी २४ घण्टाको मौसमी अनुमान अनुसार तराई तथा पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सचेत रहन पनि महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !