१४ बैशाख २०८१, शुक्रबार

सामाजिक सञ्जाललाई नियमन गर्न निर्देशिका आउँदै



काठमाडौं । सरकारले सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका २०७७ ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको बताए ।

‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविनै फेसबुक, युट्युब, अनलाइन जस्ता कतिपय माध्यमको विकृति रोक्न सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारीमा छौं,’ मन्त्री गुरुङले भने, ‘जसले हाम्रो समाजलाई अराजकतातर्फ विकृति, विसंगतितर्फ जान नदिन, सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई अराजक हुने, अमर्यादित हुने र गैरजिम्मेवार नहुन नेपाल सरकार सचेत गराउन चाहन्छ ।’

अभिव्यक्ति स्वतन्त्रताको नाममा सरकारले गरेका गलत कामको आलोचना, राष्ट्रपति र अदालतको विषयमा समेत टिकाटिप्पणी हुन लागेको भन्दै निर्देशिका ल्याउन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !