११ बैशाख २०८१, मंगलवार

आज सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको जनाएको छ ।

छापावाला सुन बुधबार प्रतितोला ९४ हजार रूपैयाँ कायम भएकोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ९३ हजार ६०० मा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला चाँदी एक हजार २६५ मा कारोवार भएको चाँदी आज एक हजार २८० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !