२० बैशाख २०८१, बिहीबार

फरार रहेका लागुऔषध मुद्दाका दोषी श्रेष्ठलाई जेल चलान



 

काठमाडौं । लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार रहेका कृष्णभक्त श्रेष्ठ आज जेल चलान गरिएको छ ।

उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र रु पाँच हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौँ महानगरपालिका–१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई आज जेल चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा आजै अदालतले जेल चलान गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

पछिल्लो समयमा ब्यूरोले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोज तलासलाई तीव्रता दिएको छ।

 



प्रतिक्रिया दिनुहोस !