११ बैशाख २०८१, मंगलवार

आज प्रभु बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



काठमाडौं । आज प्रभु बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

प्रभु बैंक (PRVU) को लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते बिहीबार अन्तिम दिन हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि बुक बन्द गर्ने तय गरेको थियो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५ लाभांश प्रस्ताव गरेको छ ।

बैंकले लाभांश पारित गर्नको लागि पुस २६ गते आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाबाट लाभांश पारित भएपछि शेयरधनीले पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !