२० बैशाख २०८१, बिहीबार

आज शेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं। पछिल्ला दिन निरन्तर जसो उकालो लाग्दै आएको शेयर बजारमा आज (विहिबार) भने दोहोरो अंकको गिरावट आएको छ ।

उतारचढाव बिच बजार परिसुचक नेप्से २९ अंकले ओरालो लागेर २ हजार २८ बिन्दुमा आई थामियो ।

यसदिन कारोबार भएका अधिकाशं समुहमा गिरावट आएसँगै नेप्से पनि ओरालो लागेको हो ।

यसदिन व्यापार र होटल समुहमा बाहेक अरु समुह ओरालो लागे ।

जीवन बिमा समुह सबैभन्दा उच्च ४ सय ३१ अंकले अ‍ोरालो लाग्दा नीर्जिवन बिमा समुह पनि १ सय ४२ अंकले ओर्लियो ।

यसदिन १ सय ३७ कम्पनीको शेयर मुल्य घट्दा जम्मा २८ कम्पनीको शेयर मुल्य बढ्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ४ कम्पनीको ९८ लाख ६० हजार कित्ता शेयर ५ अर्ब ३७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !