१२ बैशाख २०८१, बुधबार

कुवेतका प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले लगाए कोरोनाविरूद्धको पहिलो खोप



दोहा । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना बिरूद्धको खोप सुरु भएसंगै कुवेतका प्रधानमन्त्री शेख सबाह अल खालिद अल सबाह र स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले पहिलो खोप लगाएका छन् ।

कोरोना भाइरसविरूद्ध राष्ट्रिय खोप अभियानको थालनी गरेको जनाउँदै कुवेतका प्रधानमन्त्री खालिद फाइजर खोप लगाउँदै सुरक्षित रहेको सन्देश दिएका छन् ।

विश्वब्यापी रुपमा २ लाख १० हजारले भाइरससँग लड्नका लागि खोप प्रयोग गरिसकेको पनि उनले बताए ।

यस्तै कुवेतका स्वास्थ्य मन्त्री डा.सबाहले पनि खोप लगाउँदै भाइरसविरूद्ध खोप अभियान सुरु गरिएकाले अब जोखिम केही कम हुने जनाएका छन् ।

उपप्रधानमन्त्री र क्याबिनेट मामिला राज्यमन्त्री अनास अल(सालेह, कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष, हिलाल अल-सयेर, र प्रतिनिधि हमद अल(हर्षानीले कोरोनाविरूद्ध खोप लगाएका छन् ।

पहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने छ ।

१६ वर्ष भन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन । अहिलेसम्म कोरोनाविरूद्धको खोप लगाउन कुवेतमा ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् ।

नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण नाम रजिस्टर गर्न सकिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !