७ बैशाख २०८१, शुक्रबार

४ घण्टाको लागि एन आई सी एशियाको कार्डबाट हुने सबै कारोबार बन्द हुँदै



काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको कार्डबाट हुने कारोबार ४ घण्टाका लागि बन्द हुने भएको छ ।बैंकको इलेक्ट्रोनिक पेमेन्ट सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सोमवार राति ११ः४५ देखि मंगलवार बिहान ४ बजेसम्म कार्डमार्फत हुने कारोबार बन्द हुने बैंकले जनाएको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएको हो ।बैंकका अनुसार एटिएम, पिओएस, ई-कमर्श तथा डेबिड, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पूर्ण कारोबार प्रभावित हुनेछ ।



प्रतिक्रिया दिनुहोस !