२० बैशाख २०८१, बिहीबार

सुनको भाउ तोलामा १ हजार रूपैयाँ घट्यो



काठमाडौँ । सुनको भाउ तोलामा १ हजार रूपैयाँले घटेको छ।

बुधबार ताेलाकाे ८७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बिहीबार १ हजार रूपैयाँले घटेर ८६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार रूपैयाँले घटेर ८६ हजार ५० रूपैयाँ कायम भएको छ।

चाँदी भने तोलामा ३० रूपैयाँ मात्रै घटेको छ। बुधवार १ हजार ३ सय १५ रूपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य बिहीबार १ हजार २ सय ८५ रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !