१२ बैशाख २०८१, बुधबार

मोरङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु



विराटनगर।मोरङको सुन्दरहरैंचा स्थित गोठ गाउँमा मोटरसाईकल र हायस ठक्करखाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक वेलवारी –११का  अर्जुन न्यौपाने र मोटरसाईकलमा सवार सोहि स्थानका मनोज कटुवाल छन् ।  

आइतबार बिहान गोठगाउँस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १ –०२–००१प ३८७८नम्वरको मोटरासाईकल र विपरित दिशाबाट आउँदै गरेको बा४ ख६९६ नम्बरको हायस एक आपसमा ठक्ककर खाई दुर्घटना भएको थियो ।  

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपाने र कटुवालको उपचारका क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा हायसका सह चालक मोरङ बेलवारी १ का उत्सव गिरी घाइते भएका छन् । घाइते गिरीको विराटनगर स्थित विराट नरसिङ होमममा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानवहादुर राईले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस !