१२ बैशाख २०८१, बुधबार

धारिलो हतियार प्रहार गरी बारामा एक युवकको हत्या



काठमाडौं । मंगलबार बिहान बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।

घटनास्थलमा रहेका डिएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।

उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !