७ बैशाख २०८१, शुक्रबार

सुशिलराज वाग्लेको कविता ‘सत्ता’



नेता बन्न जनता चाहिने !
जनप्रतिनिधि बन्ने पछी सत्ता चाहिने !


त्यहि भएर त् किसान, जनतालाई भन्दा
उद्योगीलाई महत्व दिई कमिसन

खाई सत्तामा पुग्छौ !
जनताको काम गर्छु भन्नेलाई
किन चाहियो सत्ता !
जनप्रतिनिधि त् छदै थियौ नि !
त्यहि सत्ता कै लागि त
जनताको जनप्रतिनिधिको हत्या

गर्न लागि रहन्छौ पटकपटक
आज पनि त्यहि त् दोरियो नि
किन गर्छौं सडकमा रोईलो !
प्रतिपक्ष दलको नेता पनि त
संसद विघटन गर्दा असक्षमको

बिल्ला भिरेको होईन !

संवैधानिक अध्यादेश ल्याउन सहमति गरि
आफ्ना १३/१३ जना मान्छे घुसाएकोबाट
अहिले प्रत्यक्ष हात देखिएन र !
नेकपा कै अर्का अध्यक्ष सत्ता कै लागि
१७/१७ हजार निर्दोष जनतालाई

शहिद बनाई आको होईन र !
सत्ताको लोभले नै संसद विघटन भएको होइन र !
अब छोड तिम्रा जनतालाई प्रयोग गर्ने
सडकके आन्दोलका राजनीति !

एक मात्रै अन्तिम विकल्प हो !
नेपाल र नेपालीको वी पी वडा नै !

त्यहि वी पी वाद सित
सत्ताका मोहमा रहेका राजा महेन्द्र पनि
डराई १५ सालको जनप्रतिनिधिलाई
१७ सालामै कु गरेका होइन र !
जेल बस्ता पनि राष्ट्रका प्रतिक
राज संस्था विपीले स्वीकारेको होईन र !

आफु नास्तिक हुदाँ हुदैँ पनि
पहिचानको रुपमा रहेको हिन्दु राष्ट्र स्वीकार्दै
धार्मिक स्वतन्त्रता खुल्ला गरेको होईन र !
त्यहि भएर सत्ता मोहोको अन्त्य गर्ने
विपी वाद नै हो !

सुशिलराज वाग्ले



प्रतिक्रिया दिनुहोस !