२१ बैशाख २०८१, शुक्रबार

अहिलेको अवस्था देखेर आत्तिनु भएको होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ : नेता नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु नआत्तिएको र आतिनु पनि नहुने बताएका छन् । शनिवार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे ।

‘हामी आत्तिएका छैनौ आतिनु पनि हुन्न । अहिलेको अवस्था देखेर साथीहरूमा निरास होला केही होला केही नमान्नु हिम्मतका साथबाट अगाडि बढनुपर्छ ।

जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणा बाट हामिले अगाडि बढ्नुपर्छ ।’ नेता नेपालले भने ।नेता नेपालले कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडी बढनुपर्ने बताए ।‘कसरी आन्दोलन अगाडी बढाउने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ । कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडी बढनुपर्छ। गलत प्रवृतीका विरुद्ध हामी एकजुट हुने बेला हो हामी विचलित भएर हिड्ने होइन ।’ उनले भने



प्रतिक्रिया दिनुहोस !