१२ बैशाख २०८१, बुधबार

यस हप्ता नेप्सेमा यी ८ कम्पनीको सेयर सूचिकृतः हेर्नुस् कुन कम्पनीको कति कित्ता सेयर तपाईंको?



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ८ वटा कम्पनीका सेयर सूचिकृत भएका छन्।

यस साता ६ वटा बैंक, एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीको सेयर यस साता नेप्सेमा सूचिकृत भएका हुन्।

हेर्नुस् कुन कम्पनीको कति कित्ता सेयर तपाईंको? 

१. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्दाको १२ लाख कित्ता सेयर

२. अरुण काबेली पावर कम्पनी लिमिटेडको ८ लाख ५६ हजार ५ सय कित्ता बोनस सेयर

३. नबिल बैंक लिमिटेडको ३ करोड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बोनस सेयर

४. एनएमबि बैंक लिमिटेडको १ करोड ८७ लाख ८२ हजार ७८।८६ कित्ता बोनस सेयर

५. ज्योति विकास बैंक लिमिटेडको ३४ लाख ९५ हजार २९३।४४ कित्ता बोनस सेयर

६. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस सेयर

७. माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर

८. लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस सेयर



प्रतिक्रिया दिनुहोस !