२० बैशाख २०८१, बिहीबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

एमालेमा लागेका नेतालाई कारबाही हुँने



 

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजे बस्दैछ ।

नेता शिवकुमार मण्डलको अनुसार बैठकले एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरणबारे अहिलेसम्म भएका प्रगति र आगामी रणनीतिबारे छलफल हुने बताएका छन् ।

केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिंचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर माओवादीका सात मन्त्रीसहित २३ जना प्रचण्डसँग बस्न नसकिने भन्दै शुक्रबार नै एमालेमा प्रवेश गरिसकेका छन् ।

एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई माओवादी केन्द्रले पार्टी त्याग गरेको हो कि हैन भन्दै प्रष्टिकरण दिन पत्र पठाइसकेको छ ।

पत्र पठाएर औपचारिकता पूरा गरेको माओवादीले उनीहरूलाई कारबाही गर्दै पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य भएका उनीहरूलाई पार्टीले हटाइसक्दा राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार सांसद स्वतः जानेछ ।

 

 



प्रतिक्रिया दिनुहोस !