१२ बैशाख २०८१, बुधबार

मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु



 

काठमाडौं । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका-१० स्थित चौधरी इँटा उद्योगमा काम गर्ने भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी ग्राम पञ्चायत बसवरिया-६ बस्ने २६ वर्षीय हरिकिशोर महतोको करेन्ट लागेर शनिवार राति मृत्यु भएको छ ।

मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाईते भएका महतोको एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !