२० बैशाख २०८१, बिहीबार

नेपाल समूहले ओलीका निर्णयलाई मान्यता नदिनू भन्दै बुझायो आयोगमा पत्र (पत्रसहित)



 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई मान्यता नदिन मागसहित आजवरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।

अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेका विधानसम्मत नभएको भन्दै नेपाल समूहले आयोगलाई पत्र बुझाएको हो ।

पत्रमा स्थायी कमिटीका ११ सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।

नेपाल समूहले आयोगमा बुझाएको पत्र यस्तो छ

 



प्रतिक्रिया दिनुहोस !