११ बैशाख २०८१, मंगलवार

आज २०७७ पुस ११ गते शनिवारको राशिफल



आज २०७७ पुस ११ गते शनिवार । ज्योतिष शास्त्रमा अनुसार तपाईको आजको दिन यस्तो रहेको छ ।

मेष राशि

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म र कर्ममा मन लाग्नेछ । गरेका कामबाट लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन राशि

आजको दिन धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मुल्याङ्कन पनि हुनेछ ।

सिंह राशि
सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

तुला राशि
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फैन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका पनि छ ।

धनु राशि
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

कुम्भ राशि
आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

वृष राशि
निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुविधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

कर्कट राशि
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या राशि
नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नेछ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

वृश्चिक राशि
स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

मकर राशि
शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन राशि
कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धाबाट फाइदा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !