२१ बैशाख २०८१, शुक्रबार

आज पनि बस्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, यस्तो छ छलफलको एजेण्डा



 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

आइतबारबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा आइतबार (हिजो) प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने नेताहरुले बताएका छन् ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राखेका थिए भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोटिङ गरेका थिए । माओवादी केन्द्रले नामा फेर्ने लगायतका विविध एजेण्डामा छलफल गरिएको थियो ।

सर्वोच्चको फैसालले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने पक्षमा माओवादी छ । आजै यी तीनदबीच सत्ता समिकरणका विषयमा छलफल पनि हुने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !