२१ बैशाख २०८१, शुक्रबार

एक्कासी बोलाए वामदेव गौतमले बैठक



 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि गौतमले बैठक बोलाएका हुन् ।

गौतम निकट एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !