२० बैशाख २०८१, बिहीबार

मंगलबारको लागि राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारको लागि सर्वदलीय बैठक बोलाएकी छन् ।

मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढाकालले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !